बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडितको प्रदर्शन

डिसी नेपाल
१८ साउन २०८० १६:१७
904
Shares

काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटो समाधान गर्नुपर्ने लगाएतका माग राख्दै काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् । बिजुलीबजारमा आफुहरुको प्रदर्शनमा हस्तक्षेप भएपछि प्रदर्शनकारीहरुले पुन बानेश्वर पुगेर प्रदर्शन गरेका थिए ।

आफूहरूले बचत गरेको लाखौं रकम सहकारीका सञ्चालकले हिनामिना गरेको र फिर्ता माग्दा नदिएको पीडितहरूको गुनासो छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *