चौतर्फी दबाबपछि सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई
काठमाडौं। चौतर्फी दबाब आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक सय किलो भन्दा बढी सुन तस्करी प्रकरणमा संगठित अपराधको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिएका छन्।
प्रधानमन्त्रीले उक्त सुन तस्करी प्रकरणमा संगठित अपराधको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिएपछि राजस्व अनुसन्धान विभागबाट फाइल आउने वित्तिकै सीआईबीले अनुसन्धान सुरु गर्ने छ। त्यसका लागि विभागले संगठित अपराधमा अनुसन्धान गर्न सीआईबीलाई अनुरोध गर्दै पत्राचार गर्नेछ।
‘राजस्व विभागबाट पत्र आउने वित्तिकै सीआईबीले अनुसन्धान सुरु गर्छ,’ सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले भनिन्।
उक्त सुन तस्करी प्रकरणमा प्रहरीलाई अनुसन्धान गर्न नदिइ राजस्व विभागलाई मात्रै अनुसन्धान गर्न दिएको भन्दै प्रधानमन्त्री दाहालको चर्को आलोचना भएको थियो। आलोचना बढेपछि प्रधानमन्त्री दाहालले सुन तस्करी प्रकरणमा संगठित अपराधको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिएका हुन्।
सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई नदिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री दाहालसँग असन्तुष्ट दिए।
बिहीबार प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठबीच यही विषयलाई लिएर भनाभनसमेत भएको थियो।
सीआईबीलाई निर्देशन दिनुअघि प्रधानमन्त्री दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण बज्राचार्यसँग छलफल गरेका थिए ।
सुन तस्करीको मुख्य अभियुक्त जोगाउन सरकार लागि परेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री दाहालले छानबिनको नेतृत्व लिन सीआईबीलाई निर्देशन दिएका हुन्।
याे पनि पढ्नुस्
सुन बरामदको दुई साताः मुख्य मालिक वेपत्ता, भरियामाथि अनुसन्धान
सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग माओवादी नेताहरुको पारिवारिक सम्बन्ध







डिसी नेपाल







Facebook Comment