रोहितको हत्यामा संलग्न थप दुई जना पक्राउ

डिसी नेपाल
२० साउन २०८० १६:४८
468
Shares

सुनसरी । रोहित चौधरीको गोली हानेर हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन‍्।

साउन ५ गते इटहरी उपमहानगरपालिका–२० सेउती पुल नजिकै चौधरीको गोली हानेर हत्या गरेको घटनामा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

धरान उपमहानगर–४ बस्ने २७ वर्षीय ज्याङ्लो भन्ने युनेश राईलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो। प्रहरीले उनलाई घरबाट ८ राउन्ड गोलीसहित पक्राउ गरेको हो।

त्यस्तै इटहरी–४ डेरा गरी बस्ने धरान–८का २९ वर्षीय सुजन तामाङलाई विराटनगरबाट शुक्रबार पक्राउ गरेको हो।

यसअघि थप दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो। लुटपाटको प्रतिकार गर्दा चौधरीको गोली हानेर हत्या भएको प्रहरीले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *