कञ्चपुरमा युवक हत्या प्रकरण : दुई जना पक्राउ

डिसी नेपाल
२० साउन २०८० १८:५२
116
Shares

धनगढी । कञ्चनपुरमा एक युवकको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिहीबार कृष्णपुर नगरपालिका–२ को बाणीस्थित बन्द नदीको बगरमा ३५ वर्षीय कुवेर दमाई मृत अवस्थामा भेटिएकोमा उनको हत्या आरोपमा प्रहरीले भतिज र भाञ्जा नाता पर्ने दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीले हत्या आरोपमा कुवेरकै भतिज २२ वर्षीय अजय दमाई र भाञ्जा २८ वर्षीय हरिश दमाईलाई पक्राउ गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चजपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार साउन १५ गतेदेखि हराइरहेका कुवेरको घरायसी विवादका कारण हत्या भएको पाइएको हो।

कुवेरले घरमा आमाबुबालाई हैरानी दिने, घरका सामान समेत बेचेर मदिरा खाने गरेकाले १५ साउनको राति नदी किनारमा सम्झाउने क्रममा वादविवाद भएको पक्राउ परेकाहरूले खुलाएका छन्।

तीनै जनाले मदिरा खाएको र सम्झाउने क्रममा वादविवाद भएपछि हात, लात्ती र बगरको ढुंगाले हिर्काउँदा घटनास्थलमा नै मृत्यु भएको पक्राउ परेका अजय र हरिशले बयान दिएका डीएसपी डाँगीले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक कुवेर दमाईको घरमा आमा वुवालाई दुःख हैरानी दिने, घरमा रहेका सामान समेत विक्रवितरण गर्नुका साथै मादक पदार्थ सेवन गर्दै आएकोले सँगै मदिरा सेवन गरी सम्झाइ बुझाइ गर्ने क्रममा मृतकसँग अजय दमाई र हरिश दमाईको वादविवाद भएको खुल्न आएको हो।

मृत्यु भएपछि घटना लुकाउने उद्देश्यले कुवेरको शव खाल्डो खनेर पुरेको पनि उनीहरूले स्वीकार गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *