डुबानमा एमाले पार्टी कार्यालय (फोटोफिचर)
काठमाडौं। ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय डुबानमा परेको छ।
मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन्। पार्टी कार्यालय डुबानमा परेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै उपमहासचिव रिमालले डुबानमा परेको जानकारी दिएका हुन्।

अहिले नदीमा पानीको बहाव सतह घट्दै गएको छ भने कार्यालयभित्र पसेको पानी निकालिएको छ । बाढी सडक र कार्यालयभित्र पसेपछि बाटो भने हिलोमग्न भएको छ।

सोमबार रातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको बहाव बढेको थियो । वर्षा रोकिएसँगै नदीमा पनि पानीको बहाव घटेको छ ।




No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment