सोलुखुम्बुमा विषालु च्याउ खाँदा दुई जना बिरामी

डिसी नेपाल
२८ साउन २०८० २२:११
16
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा विषालु च्याउ खाँदा एक दम्पती बिरामी परेका छन्।

बिरामी हुनेमा सोलुदुधकुण्ड नगरपालिका–४ बागबानीका ५५ वर्षीय सन्तविर तामाङ र उनकी श्रीमती ४० वर्षीया नानी माया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आज आइतबार बिहान १० बजे जंगलबाट टिपेर ल्याएको रातो रंगको विषालु च्याउ पकाएर खाँदा तामाङ दम्पती सिकिस्त बनेका थिए।

च्याउ खाएको केही समयमै बान्ता हुने समस्या देखिएका तामाङ दम्पतीको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। अहिले उनीहरूको अवस्था सामान्य रहेको जिल्ला पहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *