ललिता निवास जग्गा प्रकरणकाे छानविनलाई सघाउन माधव नेपाल तयार

डिसी नेपाल
२९ साउन २०८० १३:४२
84
Shares

काठमाडाैं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष बालुवाटारकाले ललिता जग्गा प्रकरणको छानविनलाई पूर्ण रुपमा सहयोग गर्ने बताएका छन्।

युरोपमा भएका पार्टी सम्बद्ध विभिन्न कार्यक्रममा सहभागी भई सोमबार स्वदेश फर्किएका अध्यक्ष नेपालले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै ललिता निवास जग्गा प्रकरणमा आफुले कुनै गल्ती नगरेको भन्दै अनुसन्धानमा पूर्ण सहयोग रहने बताएका हुन्।

भ्रष्टाचार लेनदेन आफुले नगरेकाले आतिनुपर्ने कुनै अवस्था नरहेको उनले बताए। उनले देशका लागि केही गरौं भन्दा आफूलाई खुसी र गर्व लाग्ने बताए। उनले बिभिन्न देशको भ्रमण गर्ने कार्यक्रम रहेपछि आफूलाई जोडेर बिभिन्न बिषय उठाएकाले बीचमै फर्किएको उल्लेख गरे।

त्यस्तै अध्यक्ष नेपालले सुन तस्करी प्रकरणमा अर्को छानविन समिति गठनको बिषयमा लगातार सदन अवरुद्ध गर्नु उचित नभएको बताए।
आउँदो भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल भ्रमण छोट्याएरस्वदेश फर्किएका हुन्।

उनी यही साउन २२ गते पार्टी सम्बद्ध विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.