एमाले प्रदेश अधिवेशन १६ भदाैबाट हुने

डिसी नेपाल
२९ साउन २०८० १४:२६
56
Shares

काठमाडौं। एमालेको प्रदेश अधिवेशन १६ भदाैबाट हुने भएको छ। साेमबार बसेको केन्द्रीय सचिवालय बैठकले १६ भदाैबाट गर्ने निर्णय गरेको हो।

बैठकले १६ र १७ भदाैमा लुुम्बिनी प्रदेशको, ५ र ६ असोजमा मधेस प्रदेश, ८ र ९ बागमती प्रदेश, १० र ११ असोजमा कर्णाली प्रदेशको, १२ र १३ असोजमा कोशीको, १५ र १६ गण्डकीको, १९ र २० असोजमा उपत्यका विशेष प्रदेशको र २१ २२ असोजमा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.