कांग्रेसको निष्कर्ष : सुन तस्करीको छानबिन सीआईबीबाटै, संसद चलाउन पहल गर्ने

डिसी नेपाल
२९ साउन २०८० १५:००
112
Shares

काठमाडाैं। नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको छ।
प्रमुख प्रतिपक्षी एमालले उच्चस्तरीय छानविन आयोग गठनको माग गरिरहेको अवस्थामा कांग्रेस संसदीय दलको बैठकले भने सुन तस्करी प्रकारणमा राज्यको निकायले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको हो।

संसद भवन नयाँ बानेश्वरमा सोमबार सम्पन्न कांग्रेस दलको बैठकपछि मुख्य सचेतक रमेश लेखकले सुन तस्करी प्रकरणमा राज्यले स्थायी रुपमा गठन गरेका निकायले छानविन गरेको भन्दै सरकारले गम्भीर रुपमा लिएर निष्कर्षमा पुर्‍याउनुपर्ने बताए।

उनले यस प्रकरणमा जोसुकै सामेल भएपनि अभियोजन गर्नका लागि सरकारलाई बैठकले आग्रह गरिएको जानकारी दिए।

बैठकले आफ्ना कुरा राख्न प्रतिपक्षीले आलोचनात्मक ढंगले प्रस्तुत हुन स्वभाविक भएपनि लामो समय सदन अवरुद्ध गर्ने कार्य गैरजिम्मेवार भएको निष्कर्ष निकालेको छ।

बैठकले लामो समय सदन अवरुद्ध हुँदा जनचासोका बिषय लगाएत महत्वपूर्ण विधेयक अघि बढ्न नसकेको अवस्थामा सत्तारुढ लगाएत प्रतिपक्षीसंग वार्ता र संवाद गरि सदनको अवरोध अन्त्य गर्न पहल गर्ने निर्णय गरेको मुख्य सचेतक लेखकले जानकारी दिए।

बैठकले लामो समय सदन अवरुद्धलाइ उचित मान्न नसकिने भएकाले सदनभित्रैबाट छलफल गर्ने वातावरण सुनिश्चित गर्न अपिल गरेको उहाले बताए।

बैठकले कांग्रेसको पहलमा बनेको गठबन्धनका कारण वर्तमान सरकारले निरन्तरता पाएकाले गठबन्धनको स्थीरता र स्थायीत्वका लागि प्रभावकारी रुपमा काम गर्ने निर्णय गरेको लेखकले बताए।

त्यस्तै बैठकले बजेटमा देखिएका कमीकमजोरी आगामी दिन सुधार गर्न, पूँजीगत खर्च कम हुने अवस्थाको उचित ढंगले सम्बोधन गर्न र चालू आवको बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.