सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने गठबन्धनको निर्णय

डिसी नेपाल
२९ साउन २०८० १९:५२
384
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले राज्यको निकायले नै सुन तस्करी प्रकरणमा छानविन गरिरहेकाले उच्चस्तरीय छानविन आयोग गठन गर्ने एमालेको मागलाई स्वीकार गर्न नसक्ने निष्कर्ष निकालेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनले सिआइबीले छानविन गर्ने काम गरिरहेको अवस्थामा उच्चस्तरीय छानविन माग्नु भनेको अहिलेको छानविनलाई प्रभावित पार्नु भएकोमा एकमत रहेको उनले बताए । बैठकमा सुन प्रकरणमा पूर्वसभामुख कृष्ण बहादुर महराको नाम जोडिएको बिषयमा छानविनको प्रक्रियामा रहेको गृहमन्त्रीले जानकारी गराएको पाण्डेले बताए ।

त्यस्तै गौरहत्या प्रकरणमा आफुहरुलाई निशाना बनाएको भन्दै जसपाका नेताहरुले आपत्ति जनाएका थिए । यस बिषयमा चारवटा प्रतिवेदनका फरक फरक निष्कर्ष निस्किएको र प्रभावितहरुको सम्पूर्ण माग पुरा भएकाले कानूनसम्बन्ध ढंगले टुङ्गाउनुपर्छ भन्ने बिषयमा बैठकमा छलफल भएको पाण्डेले बताए । त्यस्तै ललिता निवास प्रकरणमा पनि छलफल भएको उनले बताए ।

उनले गठबन्धनको बैठक पुन बस्ने र थप बिषयमा पुन छलफल हुने जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.