एमाले अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता

डिसी नेपाल
३० साउन २०८० १८:३९
320
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीप्रति असन्तुष्ट रहेका नेता भीम रावलबीच भेटवार्ता भएको छ।

अध्यक्ष ओलीको सचिवालय बालकोटले रावलसँगको तस्विर राख्दै दुई जनाबीच भेटवार्ता भएको जनाएको हो। पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा ओली र रावलबीच प्रतिस्पर्धा भएकोमा त्यसयता रावल र ओलीबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको थियो।

केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए। आजको उनीहरूको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *