अमृताको हत्या आरोपमा एक जना पक्राउ
डडेल्धुरा । बुधबार मृत अवस्थामा फेला परेकी डडेल्धुराको परशुरामकी अमृता राउटेको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
परशुराम नगरपालिका–१२ आमपानिकी १४ वर्षीया बालिका अमृता घर नजिकैको रंगुन खोलामा बुधबार मृत अवस्थामा फेला परेकी थिइन्। मंगलबार दिउँसो अन्य साथिहरूसँगै माछा मार्न खोलामा गएकी अमृता अबेर सम्म घर नआउदा खोजिकार्य गरिएको थियो। उनीसँगै माछा मार्न गएका अन्य समयमै घर फर्किएका थिए तर एक जना बालक मृतक अमृतासंगै खोलामै थिए।
नियन्त्रणमा लिएका व्यक्ति पनि नाबालक भएकाले उनको परिचय भने गोप्य राखिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगा दत्त बडुले बताए। पक्राउ पर्ने बालक राउटे सामुदायकै रहेको खुलेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment