बंगलादेशबाट सात सय पर्यटक नेपाल आए

डिसी नेपाल
१ भदौ २०८० १३:५३
796
Shares

काठमाडाैं। नेपालमा घुम्नका लागि बंगलादेशबाट सात सय पर्यटक नेपाल आएका छन्।

उनीहरु जहाज चार्टर्ड गरेर शुक्रबार काठमाडौं आएका हुन्। नेपाल भ्रमणमा आएका बंगलादेशी पर्यटकलाई त्रिभुवन बिमानस्थलमा नेपाल पर्यटन बोर्डले पञ्चेबाजासहित स्वागत गरेको थियो।

नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले व्यवस्थापन गरेको छ। बंगलादेशको ढाकामा रहेको माउन्टेन क्लबमार्फत नेपाल आएका बंगलादेशी पर्यटकहरुले ऐतिहासिक सम्पदाको भ्रमण गर्ने तय भएको छ।

नेपालबाट नजिक दूरीमा रहेको बंगलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो। ठूलो संख्यामा नेपाल भित्रिने बंगलादेशी पर्यटकको प्रचार-प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने विश्वास पर्यटन बोर्डको छ।

बंगलादेशमा रहेको माउन्टेन क्लब टुर्स एण्ड ट्राभल्सका प्रमुख रिजाउल हकिम सान्तुले बंगलादेश प्राकृतिक रुपमा सुन्दर रहेकाले भ्रमणका लागि नेपाल आएको बताए।

चार रात पाँच दिन नेपालमा बिताउदा भक्तपुर, नगरकोट, धुलिखेल लगाएतका पर्वतीय क्षेत्रमा जाने र सम्मेलनको समेत आयोजना गरिएको उनले बताए।

पर्यटन बोर्डका अनुसार सन् २०२३ मा हालसम्म बंगलादेशबाट करिव १३ हजार छ सय पर्यटक नेपाल आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *