राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठक सिंहदरबारमा जारी

डिसी नेपाल
६ भदौ २०८० ११:५७
124
Shares

काठमाडौं। राजनीतिक गतिरोध अन्त्यका लागि संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूकाे बैठक सुरू भएकाे छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रुप दिने विषयमा छलफल भइरहेकाे छ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको मंगलबारकाे बैठक स्थगित भएको थियाेछ। मंगलबार दिउँसो दुइ बजे बानेश्वरस्थित संसद भवनमा तोकिएको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक स्थगित भएको थियाे।

राष्ट्रिय मान्यताप्राप्त दलहरुको सोमबार बसेको संयुक्त बैठकमा सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको थियो।

सो समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव तयार पार्न नेकपा एमालेका सुवास नेम्वाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेसहितको कार्यदल पनि गठन गरिएको थियो।

कार्यदलले तयार पारेको उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रको मस्यौदाका बारेमा शीर्ष नेताहरुको बैठकमा पेस गर्नका लागि शीर्ष नेताको बैठक बोलाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.