महाकाली नदीको जलस्तर उच्च

डिसी नेपाल
६ भदौ २०८० १७:४१
24
Shares

दार्चुला । महाकालीमा पानीको सतह बढेको छ। माथिल्लो क्षेत्रमा बिहानबाट वर्षा भएकोले बुधबार मध्याह्नदेखि महाकालीमा पानी सतह बढेको स्थानीय प्रशासनले जनाएको छ।

महाकाली नगरपालिका–९ स्थित दत्तुमा रहेको जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ। नदीमा पानीको बहाव अझै बढ्न सक्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

सदरमुकाम खलंगाको बङ्गाबगर क्षेत्रमा निर्माण गरिएको तटबन्ध जोखिममा परेको छ। महाकाली नदीमा पानीको बहाव बढ्दै गएकाले दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *