काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिन्छः कांग्रेस नेता सिंह

डिसी नेपाल
७ भदौ २०८० १५:०३
44
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताएका छन्।

बिहिबार नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ३ मा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको भन्दै उनले सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न पनि ध्यान दिने समेत बताए।

केही हुँदै भएन र पुराना पार्टीहरुले काम गरेनन् भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले २०४६ साल पछिको विकास र प्रगति कांग्रेसकै नेतृत्वमा भएको दाबी गरे।

उनले नेपालको प्रजतान्त्रिक र लोकतान्तित्रक आन्दोलनका साथै परिवर्तनमा कांग्रेसले इतिहास रचेकै भएर इतिहासको कुरा गरेको बताए । तर इतिहासको कुरासँगै कांग्रेसले जन चाहाना अनुरुप वर्तमान समय अनुसारको आफ्ना कार्यक्रम जनतामा लिएर जाने पनि नेता सिंहले बताए।

अब देश बिकास र आर्थिक क्रान्ति कांग्रेसको मूल एजेन्डा हुनुपर्ने भन्दै नेता सिंहले जनताले अनुभव गर्नेगरी काम हुनुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.