अहिलेका प्रकरणलाई ढाकछोप गर्न गिरीबन्धु टी स्टेट जग्गाको विषय उचालियो, कानून बमोजिम नै फैसला गरेको हो : ओली

डिसी नेपाल
७ भदौ २०८० १६:२२
436
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु विभिन्न पदमा रहदा कानून बमोजिम नै फैसला गर्ने गरेको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको भक्तपुर जिल्ला भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले आफु प्रधानमन्त्री, परराष्ट्रमन्त्री गृहमन्त्री हुँदा गरेका कामकारवाहीहरु कानूनबमोजिम नै भएको भन्दै आफुले हत्कडी लगाउनसक्ने कुनै ठाउँ नराखेको बताएका हुन् । विरोधीहरुले सत्यका विरुद्ध काम गर्छन भन्ने आफुहरुलाई थाहा भएको र कानूनी रुपमा पनि कतै एक शब्द गल्ती नहोस भनेर आफु सतर्क रहेको धारणा राखे । अध्यक्ष ओलीले अहिलेका विभिन्न प्रकरणहरुलाई ढाकछोप गर्न झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयलाई उचालेको आरोप लगाए ।

उहाले सुन तस्करी प्रकरणको तत्काल छानविनका लागि सरकार डराएका कारण एक महिनापछि मात्रै छानविन गर्ने गरि उच्चस्तरीय छानविन आयोग गठनमा सहमति भएको जिकिर गरे । उनले सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई हाजिरी जमानीमा राजस्वले छाडेको र अहिले क्वीन्टल सुन टक्सारमा आउदा ६० किलोमा झर्नु शंकास्पद रहेको धारणा राख्नुभयो । ओलीले विद्युतीय चुरोटभित्र लुकाएर ल्याएको सुन पनि यसअघि भन्सारबाटै गायव गरेको कुरालाई एमालेले उठाउदा विषयान्तर गर्न खाजेको तर्क गरे ।

त्यस्तै उहाले कोशी प्रदेशको नामाकरणमा मत दिएर बाहिर निस्किपछि प्रचण्ड र माधव नेपालका कार्यकताले पूर्वमा आन्दोलन चर्काएको आरोप लगाए । विभिन्न बहानामा नेपाली जनतालाई जुधाएर तालि बजाउने काम एमालेलाई स्वीकार्य नहुने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.