बबिराज कार्की ‘फेस अफ द नेशन २०२३’ घोषित

डिसी नेपाल
१० भदौ २०८० १२:५५
72
Shares

काठमाडौं। बबिराज कार्की ‘फेस अफ द नेशन २०२३’ घोषित भएका छन्। शनिबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा १५ प्रतिस्पर्धीलाई उछिन्दै कार्कीले शिर्ष उपाधि जितेका हुन्।

त्यसैगरि आलोक महर्जनले फस्ट रनर अपको उपाधिसँगै बेष्ट ट्यालेण्टको अवार्ड हात पारे भने शुभेक्षा बस्नेतले सेकेन्ड रनर अपको उपाधीसहित भ्युअर च्वाईसको अवार्ड हात पारिन्।

विधागत अवार्डतर्फ पब्लिक च्वाईसमा आशिष थापा मगर र पब्लिक च्वाइसकै रनर अपमा प्रकृति तामाङ विजयी भए।

मोडल सङ्स नेपालद्वारा आयोजित उक्त प्रतियोगितामा छनोटचरण पार गरेर आएका प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास तथा मोडलिङ क्षमता अभिवृद्धिसम्बद्ध करिब एक महिना लामो प्रशिक्षण पश्चात् प्रतिस्पर्धीहरुलाई अन्तिम स्पर्धामा स्टेजमा उतारिएको आयोजक संस्था मोडल सङ्स नेपालकी अध्यक्ष स्वस्ती दंगालले बताइन्।

रोजिन शाक्यको कोरियोग्राफी तथा परमानन्द चौधरीको निर्देशनमा सञ्चालित प्रतियोगितामा सरोज ओझा, रेजिना तुलाधर, महेश केसी, माधवराज खरेल, विनोद ढकाल, डा. रमानन्द चौधरी, मनोज जोशी र शुभेक्षा ढकाल निर्णायक रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *