कविता : नेपाल आमाको पुकार
मेरा सन्तती हो मलाई याद गर
जुन भाषा बोल, जुन धर्म पालन गर
अनि आपसमा खुब मेलमिलाप गर
रोजी उनन्तिको बाटो अब ढिलो नगर!
आपसमा लडिलडी भएछौ नि कुरूप
कति सहुँ कति रोउँ हेरी तिम्रो यो रूप
सदा दलदलमा समय फालेछौ खेर
अबेर भयो अधि बढ अलमल नगर।।
सहि अन्याय नबस हे मेरा वीर छोरी
चण्डी बन प्रतिकार गर साहस गरी
जति रावण आए पनि ता विजयी बनी
जाग ! नयाँ इतिहाँंस रच नबज्योती बनी ।।
नीचता छुद्रता अब फाल सदा पर
कटुता अन्त्य गरि बाँढ सद्भाब धेर
गर ब्यापार उद्योग अनि जागीर सब
हरपल गर माँंया गर प्रेम खुब ।।
नव जननी सदा बिचार उत्तम गर
नव शिशुलाई नपरोस कुनै असर
अब तिमीहरू कदापि कलह नगर
सकल वीर सन्तती हो मेरा आँसु नझार ।।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment