ओलीले दिए नेपाली क्रिकेट टिमलाई शुभकामना

डिसी नेपाल
१३ भदौ २०८० ८:४४
44
Shares

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई शुभकामना दिएका छन्। आजदेखि पाकिस्तानमा सुरु हुने खेलमा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिमलाई ओलीले शुभकामना दिएका हुन्।

‘र, प्रतीक्षाको घडी समाप्त भएको छ। नेपाली टीमले आज पहिलो पटक एसिया कप खेल्दै छ। यसका लागि हामी सबै नेपालीले लामो समयदेखि सपना देखेका थियौं,’ ओलीले आफनो शुभकामना सन्देशमा भनेका छन्, ‘विश्वको नम्बर वान क्रिकेट टीम पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना।’

साथै, उनले नेपाली खेलाडीहरुको हौसला बढाउन एउटा भिडियो पनि सेयर गरेका छन्।

नेपालले आज विश्व बरियता नम्बर १ पाकिस्तानसँग घरेलु मैदानमा पहिलो पटक एसिया कपमा प्रतिस्पर्धा गर्दैछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ वाट सुरु हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *