बुद्ध एयरकै अर्को जहाजबाट एमाले नेताहरु जनकपुर गए

डिसी नेपाल
१३ भदौ २०८० ११:३०
76
Shares

काठमाडौं। बुद्ध एयरले जनकपुर अवतरण हुन नसकी काठमाडौं फर्किएको जहाजका यात्रुहरूलाई अर्को जहाजमार्फत गन्तव्यमा पठाएको छ।

नेकपा एमालेको आज सिराहामा सुरु हुन लागेको सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाललगायत नेता सवार जहाज जनकपुर विमास्थलनजिकै पुगेर पनि फर्किएको हो। जनकपुरबाट फिर्ता आएका यात्रुहरूलाई अर्कै जहाजको व्यवस्था गरी फेरि जनकपुर उडाइएको बुद्ध एयरले जनाएको छ।

जहाज २३ मिनेट उडेपछि प्राविधिक समस्या भन्दै फेरि काठमाडौं फर्किए थियो। बुद्ध एयरले पनि प्राविधिक समस्याका कारण काठमाडौं फर्किएको जानकारी गराउँदै काठमाडौंमा सो जहाजको चेकजाँच भइरहेको बताएको छ।

एमालेले चौथो महाधिवेशन सुरु भएकै दिन अर्थात् भदौ ९ गते नै बैठकको तयारी गरेको थियो। चुरे नजिकैको त्यस क्षेत्र डुबानको चपेटमा परेकाले बैठक स्थगित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.