चौथो प्रतिभा नक्षत्रमा इशानी बराइली र गृष्मा खड्का विजयी
लण्डन। संयुक्त अधिराज्य बेलायतमा मौलिक नेपाली कला, संस्कृति प्रवर्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यसहित भएको चौथो प्रतिभा नक्षत्रमा इशानी बराइली र गृष्मा खड्का विजयी भएका छन्।
प्रतिभा नक्षत्र युवातर्फ भएको प्रतिस्पर्धामा बराइली पर्थम, रिया गिरी द्वितीय र सुनिता लामिछाने तृतीय भएकी छन्। यसैगरी, बाल स्पर्धातर्फ खडका प्रथम, आभा अधिकारी द्वितीय र आश्रिया सुवेदी तृतीय भइन्।
प्रतिभा नक्षत्रद्वारा लन्डनमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले प्रतिभा नक्षत्रजस्ता कार्यक्रमले साना बालबालिकालाई नेपाली भाषा, संस्कृति र कला बुझ्न र सम्झिन सजिलो हुने बताए। उनले यस्ता कार्यक्रम अन्य देशहरूमा पनि गरेर बालबालिकालाई आफ्नो देशप्रतिको माया जगाउन सकिने बताए।
सञ्चारकर्मी टीकाराम यात्रीले देशबाट टाढा जाँदैमा आफ्नो कला, संस्कृति टाढा नुहुने भएकाले यस्ता कार्यक्रमले देशप्रतिको माया र सद्भावलाई बढवा दिने बताए। प्रतिभा नक्षत्रका संरक्षक मनिष श्रेष्ठले प्रतिभा नक्षत्रलाई अन्य देशमा पनि विस्तार गर्न सके टाढा रहेर पनि आफ्नो देशलाई सदैव माया गर्न सकिने बताए।
प्रतिभा नक्षत्रका अध्यक्ष सीमि पुन, प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खसलगायतले यस्ता कार्यक्रम बेलायतमा भिन्न संस्कृति र परिवेशमा हुर्किरहेका नेपाली बालबालिकाका लागि उपयोगी हुने बताए।
छ वर्षदेखि १४ वर्षका बालबालिकाको सहभागिता रहेको सो कार्यक्रममा २२ जना बालबालिकाले नेपाली भाषामा बोलेर आफ्नो देशको कला र संस्कृतिबारे प्रस्तुत गरेका थिए। बालबालिकाले नेपाल र नेपाली संस्कृति झल्काउने विभिन्न प्रस्तुति दिएका थिए । कार्यक्रममा बेलायतबाहेक जर्मनी, अष्ट्रियालगायतबाट आएका नेपाली बालबालिकाले भाग लिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment