एमसीसीले समाजवादी मोर्चामा खटपट, विप्लवले बोलाए स्थायी समिति बैठक
काठमाडौं। चार दल सम्मिलित समाजवादी मोर्चामा एमसीसीको विषयलाई लिएर तिव्र विवाद सुरु भएको छ ।
एमसीसी कार्यान्वयन नगर्न नेकपाका महासचिव विप्लवको प्रस्ताव अन्य मोर्चाका घटकले अस्वीकार गरेपछि असन्तुष्टि चुलिएको हो।
बुधबारदेखि कार्यान्वयनमा आएको एमसीसी परियोजनालाई लिएर विप्लव नेतृत्वको नेकपाले असन्तुष्टि जनाइरहेको छ ।
मोर्चामा सामेल सत्तारुढ नेकपा(माओवादी केन्द्र),जनता समाजवादी पार्टी(जसपा) र एकीकृत समाजवादीले एमसीसीको समर्थन गरिसकेका छन् भने विप्लव नेकपा विरोधमा सडकमा आन्दोलित बनेको छ ।
एमसीसी कार्यान्वयनको विषयले मोर्चामा मतभेद भएपछि विप्लव नेकपाले पार्टीको स्थायी समिति बैठक बोलाएको छ । शुक्रबार काठमाडौंमा बस्ने गरी बोलाइएको बैठकमा एमसीसीका कारण मोर्चामा उत्पन्न असन्तुष्टिबारे छलफल हुने जनाइएको छ।
एमसीसी कार्यान्वयको विषयमा मतभेद बढेपछि बिहीबार सुर्खेतमा आयोजित मोर्चाको कार्यक्रम स्थगन गरिएको थियो । पूर्वनिर्धारित कार्यक्रममा सहभागीता जनाउन नेता कार्यकर्ताहरुको उपस्थिति भइसकेपछि अन्तिम समयमा स्थगित भएको थियो।
गत असार ४ गते सत्तारुढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा(एकीकृत समाजवादी पार्टी) र विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा गठन गरिएको थियो। देशव्यापी कार्यक्रम गरिरहेको मोर्चाले अहिले एमसीसीको कार्यान्वयन पछिको विवादले कार्यक्रम स्थगित भएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment