भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नुपर्छ : पर्यटनमन्त्री किराती

डिसी नेपाल
१४ भदौ २०८० १६:१८
36
Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल पर्वतारोहण संघको ३३औँ केन्द्रीय वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको साझा सत्रुको रुपमा रहेको भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने बताए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने उनको भनाइ छ । भ्रष्टाचार अन्त्य गर्न प्रचण्ड सरकारसँग क्षमता रहेको दाबी गर्दै मन्त्री किराँतीले भष्ट्राचार नियन्त्रणको लागि प्रचण्ड नेतृत्वको सरकार राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.