बिप्लव नेतृत्व नेकपाको स्थायी कमिटी बैठक बस्दै
नेत्रविक्रम चन्द विप्लव।
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक बस्दैछ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बस्न लागेको हो।
शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको उक्त बैठकमा हालै कार्यान्वयनमा आएको अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) तथा समाजवादी मोर्चाका पछिल्ला गतिबिधि लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।
बैठकमा नेकपासमेत सम्मिलित चार दलीय समाजवादी मोर्चाले देशैभरी गरेका प्रदेश स्तरीय सन्देश सभा र आगमी रणनीतिका बारेमा पनि छलफल हुने जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment