सर्वाेच्चमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु
काठमाडाैं। संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मा उपर उजुरी दिन आह्वान गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले न्याय परिषदद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका विनोद शर्माउपर उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो।
समितिका सभापति पशुपतिशम्शेर जवराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए। सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए
यसअघि भाद्र १० गते बसेको न्याय परिषद्को बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। उनलाई यसअघि पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको थियो। तर, संसदीय सुनुवाइ नहुँदा सुनुवाई प्रक्रिया रोकिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment