रास्वपा सभापति लामिछानेसँग भारतीय राजदूतको भेट

डिसी नेपाल
१५ भदौ २०८० २०:५३
52
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । रास्वपा पार्टी कार्यालय वनस्थलीमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको पार्टीका केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिए ।

सो अवसरमा नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउनुका साथै आपसी चासोका मुद्दालाई सम्वादमार्फत् हल गर्दै जानुपर्नेमा पार्टी सभापति लामिछानेले जोड दिएका थिए । उनले रास्वपाको मुख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास भएको बताएका थिए ।

उक्त भेटमा रास्वपाकातर्फबाट महामन्त्री डा मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनाल र अर्का सांसद मनिष झाको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.