देश ठुला राजनैतिक दलहरुको सिन्डिकेटको शिकार बन्यो : राजेन्द्र लिङ्देन

डिसी नेपाल
१६ भदौ २०८० १८:३७
24
Shares

तौलिहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश अहिले ठुला राजनैतिक दलहरुको सिन्डिकेटको शिकार भएको बताएका छन् ।

राप्रपा कपिलवस्तुले शनिबार तौलिहवामा आयोजना गरेको नविन राप्रपा कार्यक्रममा उहाले देशका बिभिन्न प्रकरणमा सबै ठुला दलहरु मिल्ने र मिलिजुली रुपमा देशलाई सिन्डिकेटको शिकार बनाएको बताएका हुन् । अहिले देशको अवस्था असामान्य भएको दाबी गर्दै जनताका दैनिकीमा सरकारले गम्भिरता नदेखाएको समेत उनले बताए ।

कार्यक्रममा राप्रपा केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक रबिन्द्र मिश्र, केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाही, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय लगाएतले पार्टीलाई बलियो बनाउदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.