माओवादीको जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने प्रयास असफल भयो : योगेश भट्टराई

डिसी नेपाल
१७ भदौ २०८० १७:२६
372
Shares

महोत्तरी। नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने नेकपा माओवादीको प्रयास असफल भएको बताएका छन् ।

धर्म, जात-जाती, मधेश, पहाडको नाममा माओवादीले द्वन्द्व सिर्जना गर्न खोजेको र त्यस्लाइ नसकेपछी पछाडी हटेको सचिव भट्टराईको तर्क छ। सबे जाती, धर्म, भूगोलको वर्गीय विभेदलाइ अन्त्य गरी समान अधिकार दिलाउन नेकपा एमालेले मात्र सक्ने दावी गर्दै उनले कम्युनिष्ट पार्टीको मूल नेतृत्व नै  एमाले भएको बताए ।

भूमि अधिकार तथा श्रमिक संगठन नेपाल मधेश प्रदेशको दोश्रो अधिवेशनको खुल्लासत्रमा बोल्दै सचिव भट्टराईले पुँजीवादी, दलाल र नोकरसाहीहरुसँग प्रतिस्पर्धा गर्न एमाले मात्र एक्लो शक्ति रहेको दाबी गर्दै माओवादी र एकीकृत समाजवादी बेकामे भएको टिप्पणी गरे ।

उनले भने,  ‘समाजवादको यात्रा एमालेले तय गरेको छ । माओवादी र समाजवादी त सत्ता टिकाउन कांग्रेससँग मिल्नुले नै  समाजवादको लक्ष्य उनीहरुसगँ छैन भन्ने प्रमाणित हुन्छ ।’

 

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *