बागमती प्रदेशसभाको बैठक आज बस्दै

डिसी नेपाल
१८ भदौ २०८० ९:४६
36
Shares

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ। गत असार २१ गते दुई वटा विधेयक पारित गरेर स्थगित भएको बागमती प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो।

बैठकका लागि सम्भावित कार्यसूची तयार गर्न प्रदेश सभा सचिवालयले बिहान ११ः३० बजे संसद् सचिवालयमा कार्य परामर्श व्यवस्थापन समितिको बैठक पनि आह्वान गरेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन्।

करिब एक हप्तासम्म सञ्चालन हुने प्रदेश सभा बैठकमा शुन्य समय, विशेष समय र विभिन्न विधेयकमाथि छलफल हुने जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *