कविता अर्यालको तिज गीत ‘बज्यै बुहारी’

डिसी नेपाल
१८ भदौ २०८० ११:००
596
Shares

काठमाडौं। गायिका कविता अर्यालको तीज गीत ‘बज्यै बुहारी’ सार्वजनिक भएको छ। गायिका अर्यालको शब्द तथा संगीतमा रहेको यस गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ।

गायिका अर्याललाई लक्ष्मी ज्ञवालीले स्वरमा साथ दिएकी छन्। गीतको रेकर्डिङ गोविन्द बाजुराली एवं सागर बाजुरालीले गरेका छन् भने खड्ग बाजुरालीको मिक्सिङ रहेको छ । गीतलाई मालश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको छ।

यस गीतको भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका छन्। करण चैंसिरको छायाँकन रहेको यस गीतको सम्पादन भने नविन घर्ती मगरले गरेका छन्। यस गीतको भिडियोमा लक्ष्मी गिरी, कविता अर्याल, पुनम खड्का, लक्ष्मी ज्ञवाली, गोमा न्यौपाने, माया भण्डारी लगायतकाले अभिनय रहेका छन्।

गायिका कविता अर्यालको यस गीतमा सासु बुहारीको सम्बन्धलाई उजागर गरिएको छ । बुहारीले राम्रो रोल खेलेमा नबुझ्ने सासु पनि बुझ्ने हुन्छन् र परिवारमा खुशी छाउँछ भन्ने कुरालाई गीतमार्फत व्यक्त गरिएको छ।

सधैंभरि एक अर्कालाई दोष दिने मात्र गरियो अब समाधानको लागि उपाय पनि निकाल्नु पर्छ र सासु बुहारी भनेका आमा छोरी हुन् भन्ने सन्देश दिन खोजिएको छ।

गायिका कविता अर्याल पाल्पामा रामपुरमा जन्मिएकी हुन्। शिक्षण पेशामा आबद्ध रहेकी उनी न्यू मिलेनियम स्कुल इमाडोलकी प्रिन्सिपल हुने। पाल्पाबाट नै प्राथमिक शिक्षा लिएकी गायिका अर्यालको रुचि भने आर्मी, एयरहोस्टेज या शिक्षक हुने थियो।

तर शिक्षण पेशालाई सामाजिक रुपमा स्थापित गरेकी गायिका अर्यालले यसभन्दा अगाडि पनि केही गीतहरु सार्वजनिक गरिसकेकी छन्। अध्ययनमा स्नातकोत्तरसम्म गरेकी उनी अमेरिका युरोप लगायतका विकसित मुलुकमा पुगेर त्यहाँको वस्तुस्थिति अनुसार नेपालमा नै केही गर्नुपर्छ भन्ने सोचमा छिन्।

उनले पाँच भाइले बोलायो, मेरी छुनुमुनु, सेनिटाइजर घसेर, टिकटक जस्ता गीतहरुमा पनि स्वर दिइसकेकी छन्। ‘बज्यै बुहारी’ गीतलाई गायिका कविता अर्यालकै अफिसियल यूट्यूबबाट सार्वजनि गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *