मधेसका मुद्दा मरेका छैनन् : अध्यक्ष ठाकुर

डिसी नेपाल
१८ भदौ २०८० २३:०१
24
Shares

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका मुद्दा जिउँदै रहेका बताएका छन् । आज महोत्तरीको बर्दिवासमा सम्पन्न लोसपाको मधेस प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टी स्थापना कालका ती मुद्दा जनतामाझ पु¥याउन पर्ने उल्लेख गरे ।

“हामीले उठाएका कतिपय राजनीतिक मुद्दा आन्दोलनका बलमा स्थापित भएका छन्”, अध्यक्ष ठाकुरले भने, “यद्यपि राज्यसत्ताबाट प्रताडित हुने क्रम रोकिएको छैन ।” अझै मधेस आन्दोलनताका खडा गरिएका झुठा मुद्दामा आफ्ना कार्यकर्ताले मुद्दा खेपिरहेका उनले बताए । कार्यक्रममा अध्यक्ष ठाकुरले अब लोसपा बस्तीबस्ती पसेर जनतालाई आन्दोलनका उपलब्धि र अझै लड्नुपर्ने अधिकारका बारेमा जागरुक बनाउन लाग्नुपर्ने उल्लेख गरे ।

आज बर्दिवासमा सम्पन्न बैठकमा पार्टीका शीर्ष नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झासहितको उपस्थिति रह्यो । मधेस प्रदेश समितिको विस्तारित बैठकको मुख्य छलफलको विषय नै मधेस मुद्दा र मधेसमा दलको रणनीति बनाउनु रहेको दलका प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए ।

“हामी प्राप्त सफलता÷असफलताको मिहिन तवरले विश्लेषण गरेर अघि बढ्दैछौँ”, अध्यक्ष सोनलले भने, “यसक्रममा कामका दौरान भएका कमजोरी पहिचान गर्दै मधेस मुद्दालाई सूक्ष्म तवरले केलाउँदै आन्दोलनलाई थप उचाइमा पु¥याइने कार्यभार बनाएका छौँ ।” बैठकले अब सम्बोधन हुन बाँकी मधेसका मुद्दालाई फेरि जनतासँग जोडेर अघि बढ्ने दृढता जनाएको अध्यक्ष सोनलको भनाइ छ ।

पहिलो संविधानसभा निर्वाचन ९२०६४० अघि मुलुकका विभिन्न मूलधारका दलबाट विद्रोह गर्दै महन्थ ठाकुर, महेन्द्रराय यादव, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाललगायतका नेताले मधेस आन्दोलनको जगमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेका थिए । समयक्रममा विभिन्न ठाउँमा जुट्दै फुट्दै त्यतिखेरको तमलोपाका मूल नेताहरू अहिले लोसपामा छन् ।

बैठकमा मुख्य बहस मधेस मुद्दा एवं मधेश केन्द्रित रणनीतिमा भएको अध्यक्ष सोनलले स्पष्ट पारे । यसबाहेक आधारभूत तहसम्म पार्टी सङगठन विस्तारको खाका, पार्टी सञ्चालनमा अर्थको महत्त्व र यसको व्यवस्थापन, पार्टी र सरकारबीचका सम्बन्ध र स्थानीयतहसम्बन्धित साङ्गठनिक योजनामा विस्तृत छलफल गरिएको सोनलले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.