सुनिल दवाडी र बिषाखा शाहीको ‘गुँडैले चरी’ गीत सार्वजनिक (भिडियोसहित)

डिसी नेपाल
१९ भदौ २०८० ११:४५
172
Shares

काठमाडौं। गायक सुनिल दवाडी र बिषाखा शाहीको स्वर रहेको र थारू भाषाको गीत ‘गुँडैले चरी’ सार्वजनिक भएको छ।

डीपी खनालको शब्द तथा सुनिल दवाडीको संगीत रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो। सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन् । गीतको भिडियोमा कमल सिङ्ग र उर्मिला कार्कीको अभिनय रहेको देख्न सकिन्छ।

फराज अर्पणको निर्देशन रहेको सो भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । गीतको भिडियोलाई विशाल थापाले सम्पादन तथा रङ संयोजन गरेका छन्।

इञ्जिनियरिङ पेशामा आवद्ध गायक सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.