जसपामा महाधिवेशन प्रतिनिधि बन्न सङगठन र समिति अद्यावधिक हुनुपर्ने
काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरू अद्यावधिक भएको हुनुपर्ने भएको छ ।
अद्यावधिक नभएका कुनै पनि सङ्गठन र समितिबाट महाधिवेशनको प्रतिनिधि हुन नपाइने तथा केन्द्रीय समिति महाधिवेशन आयोजक भए पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने यसअघिको व्यवस्थालाई नयाँ विधानले हटाएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए ।
उनका अनुसार पार्टीका केन्द्रीय समिति सदस्यहरू पनि तल्लो समिति वा सङगठनबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने छ । सङ्गठन र समितिलाई नयाँ विधानबमोजिम अद्यावधिक गर्नका लागि पार्टीले तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेको जनाइएको छ ।
सङ्गठन र समिति पुनर्गठन र रूपान्तरण कार्य सम्पन्न भएसँगै पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।







डिसी नेपाल








Facebook Comment