उत्तर कोरियाली शासक पुटिनलाई भेट्न यसै महिना रुस जान सक्ने
काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उनले यसै महिना राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुसको भ्रमण गर्न सक्नेछन् ।
अधिकारीहरुका अनुसार युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न उत्तर कोरियाबाट हतियार ल्याउने विषयमा वार्ता हुने सम्भावना छ ।
अमेरिकामा बीबीसीसँग सम्बद्ध सीबीएसले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । तर, दुई नेताबीचको भेटवार्ताको स्थल भने तय भएको छैन ।
यस रिपोर्टमा रुस वा उत्तर कोरियाका कुनै पनि अधिकारीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। स्रोतहरूले न्यूयोर्क टाइम्सलाई भनेका छन् कि किम सशस्त्र रेलबाट रुस जाने सम्भावना छ।
यसअघि अमेरिकाले दुई देशबीच हतियार वार्ता तीव्र गतिमा अघि बढेको जानकारी प्राप्त भएको बताएको थियो ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसी रक्षामन्त्री सर्गेई शोइगुले जुलाईमा उत्तर कोरियाको भ्रमणका क्रममा उत्तर कोरियालाई हतियार बेच्ने सहमति गर्ने प्रयास गरेको बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment