कान्ति अस्पतालमा बालिकाको मृत्युबारे सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

डिसी नेपाल
२१ भदौ २०८० १६:२९
64
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मीक, शुन्य र बिशेष समयमा आक्रमणको बिषयलाई दिएर सांसदहरुले आवाज उठाएपछि सभामुख घिमिरेले यादवमाथि भएको आक्रमणको विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । त्यस्तै उनले कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको घटनाका विषयमा समेत जानकारी गराउन सरकारलाई निर्देशन दिए ।

बैठकमा सांसदहरुले यादवमाथिको आक्रमण र बालिका मृत्युको घटनामा छानविन गरि दोषीलाई कारवाही गर्न माग गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.