नेपाल र म्यानमारबीचको खेल गोलरहित बराबरी

डिसी नेपाल
२२ भदौ २०८० १८:२१
808
Shares

काठमाडौं । नेपालले म्यानमारसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार गोलरहित बराबरी खेलेको छ। याङगुनको थुउन्ना रंगशालामा भएको खेल दुवै टिमले केही अवसर सिर्जना गरेपछि गोल भने हुन सकेन।

खेलको अधिकांश समय म्यानमार नेपालमाथि हाबी रहे पनि गोल गर्न सकेन। यसै खेलबाट नेपालका लागि जिलेप्सीजंग कार्की र हिसुबु थपलियाले डेब्यु गरेका छन्। आर्मीका जिलेप्सीले सुरुआती ११ मै परेका थिए।

जावलाखेलका हिसुबुले सब्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। उनले अञ्जन विष्टलाई सब्टिच्युट गरेका थिए।

लाओसविरुद्ध अर्को महिना हुने एसियाली विश्वकप तथा एसियाकप छनोटको तयारीका क्रममा नेपाल दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि म्यानमार गएको हो। अब दोस्रो खेल सोमबार हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *