जी-२० शिखर सम्मेलन सुरु, अफ्रिकन युनियन स्थायी सदस्य बनेको घोषणा

डिसी नेपाल
२३ भदौ २०८० १३:२१
316
Shares

काठमाडौं । दिल्लीमा भइरहेको जी–२० शिखर सम्मेलनमा अफ्रिकी संघलाई जी–२० मा स्थायी सदस्यका रूपमा समावेश गरिएको छ ।

आफ्नो स्वागत सम्बोधनमा भारतका प्रधानमन्त्री मोदीले भने, “तपाईंहरू सबैको सहमतिमा अगाडिको कार्यवाही सुरु गर्नु अघि, म अफ्रिकी संघका अध्यक्षलाई जी-२० को स्थायी सदस्यको रूपमा आफ्नो स्थान लिन आमन्त्रित गर्दछु।”

जी २० समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, कोरिया गणतन्त्र, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत र अमेरिका रहेका छन् ।

समूहको २० औं सदस्य युरोपेली संघ हो। अफ्रिकन युनियन यस संस्थामा स्थायी सदस्य बनेपछि अहिले १९ देश र दुई महासंघ सदस्य भएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *