भारतसँग खेल्नुभन्दा १ दिन अगावै पाकिस्तानको प्लेइङ ११ घोषणा
काठमाडौं । क्रिकेट फ्यानहरू एशिया कप २०२३ मा भारत र पाकिस्तानबीचको दोस्रो खेलको लागि उत्सुकताका साथ पर्खिरहेका छन्। एसिया कपको सुपर–४ राउण्डमा आज (सेप्टेम्बर १०) यो खेल हुँदैछ । श्रीलंकाको राजधानी कोलम्बोमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
पाकिस्तान टिम व्यवस्थापनले खेलका लागि प्लेइङ–११ घोषणा गरेको छ । बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानी प्लेइङ–११ मा परिवर्तन भएको छ । मोहम्मद नवाज समूह चरणको खेलमा भारतविरुद्ध खेलेका थिए । अब दोस्रो खेलमा नवाजको स्थानमा फहिम अशरफले स्थान पाएका छन् ।
नवाज स्पिन अलराउन्डर हुन्। जबकि फहिम फास्ट बलिङ अलराउन्डर हुन्। यस्तो अवस्थामा बाबरको रणनीतिमा उनी ४ फास्ट बलरसहित भारतविरुद्ध मैदान उत्रन चाहन्छन् भन्ने स्पष्ट देखिन्छ । भारत र पाकिस्तानबीचको अन्तिम खेल सेप्टेम्बर २ मा पल्लेकेलेमा भएको थियो ।
उक्त खेलमा सबै १० विकेट फास्ट बलरले लिएका थिए । उक्त खेलमा शाहिन शाह अफ्रिदीले ४ विकेट लिएका थिए । नसिम शाह र हरिस रउफले ३–३ विकेट लिए । यस्तो अवस्थामा बाबर भारतविरुद्धको यो दोस्रो खेलमा आफ्नो बललाई थप बलियो बनाउन चाहन्छन् ।
भारतीय टोलीविरुद्धको अन्तिम खेलमा नवाज निकै महँगो साबित भएका थिए । उनले ८ ओभरमा ५५ रन दिएर कुनै विकेट लिन सकेनन् । नवाजको इकोनोमी रेट पनि टोलीमा उच्चतम ६.८७ थियो। अर्कोतर्फ फहिम अशरफले एसिया कपमा आफ्नो अन्तिम खेल बंगलादेशविरुद्ध खेलेका थिए । उक्त खेलमा २७ रन दिएर एक विकेट लिएका थिए ।
भारतविरुद्धको खेलमा पाकिस्तानको प्लेइङ–११
बाबर आजम (कप्तान), फखर जमान, इमाम उल हक, सलमान अली आगा, इफ्तिखार अहमद, मोहम्मद रिजवान (विकेटकिपर), शादाब खान (उपकप्तान), फहीम अशरफ, हरिस रउफ, नसीम शाह र शाहीन शाह अफ्रिदी।







डिसी नेपाल







Facebook Comment