युएस ओपनकी नयाँ च्याम्पियन बनिन् १९ वर्षकी किशोरी
काठमाडौं । अमेरिकाकी १९ वर्षीया कोको गफ यूएस ओपन २०२३ को नयाँ च्याम्पियन बनेकी छन्। गफले खराब सुरुवातका बावजुद आर्यना साबालेन्कालाई २-६, ६-३, ६-२ को सेटमा पराजित गर्दै आफ्नो पहिलो ग्रान्डस्लाम उपाधि जितिन्।
एक हिसाबले कोकोले यूएस ओपनको उपाधि जित्ने आफ्नो सपना पूरा गरिरहेकी छिन् किनकि उनी बाल्यकालदेखि नै यो प्रतियोगिता हेर्न जान्थिन् । फ्लोरिडाकी छैटौं वरियताकी यी खेलाडी अर्को हप्ताको वरीयतामा विश्व नम्बर एक बन्ने लाइनमा रहेकी दोस्रो वरियताकी साबालेन्कासँग अण्डरडगको रूपमा फाइनलमा पुगेकी थिइन् ।
गफले आफू किशोरी भए पनि जित्ने सम्भावना रहेको देखाइन् । उनले करिब ४० करोड रुपैयाँ पुरस्कार राशि पाएकी छिन् । गफ च्याम्पियन बन्ने बित्तिकै उनको जितको खुसीमा आँसु बग्यो। आमा र बुवालाई अँगालो हालेर रोइन् । गफले पहिले आफ्ना आमाबाबु, हजुरबुबा र आफ्ना भाइहरूलाई धन्यवाद दिइन् ।
फ्लोरिडाकी गफ सन् १९९९ मा सेरेना विलियम्सपछि देशको प्रमुख टेनिस प्रतियोगिता जित्ने पहिलो अमेरिकी किशोरी हुन्। गफको जितपछि अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले शनिबार सामाजिक सञ्जालमार्फत बधाई सन्देश पठाएका छन् ।







डिसी नेपाल







Facebook Comment