संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई टर्कीको समर्थन
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यतालाई समर्थन गरेका छन्।
राष्ट्रपति एर्दोगान जी २० शिखर सम्मेलनमा भाग लिन भारत आएका थिए र उनले आइतबार शिखर सम्मेलनको समापनमा पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
समाचार एजेन्सी एएनआईका अनुसार एर्दोगानले भनेका छन्, ‘यदि भारत जस्तो देश संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य बन्यो भने हाम्रो देशलाई गर्व हुनेछ।’
सुरक्षा परिषद्का पाँच स्थायी राष्ट्र अमेरिका, बेलायत, चीन, फ्रान्स र रुसको स्मरण गर्दै उनले भने, ‘यी पाँचभन्दा विश्व धेरै ठूलो छ।’
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई समर्थन गरेका थिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment