नेम्वाङको निधनपछि सबै कार्यक्रम रद्द गरी स्वदेश फर्कँदै एमाले महासचिव

डिसी नेपाल
२६ भदौ २०८० ८:४८

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरले आफनो भ्रमण छोटयाएर स्वदेश फर्कँदै छन्। हाल चीनको भ्रमणमा रहेका एमाले महासचिव पोखरेले पार्टी उपाध्यक्ष नेम्वाङको निधन पछि भ्रमण छोटाएर स्वदेश फर्कन लागेका हुन्।

‘नेकपा एमालेका उपाध्यक्ष कमरेड सुवास नेम्वाङको दुःखद खबरले हामी स्तब्ध छौं। यो असाध्यै दुःखद खबरपछि चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहनु भएको नेपाल कम्युनिष्ट पार्टी एमाले का महासचिव क. शंकर पोखरेल आफ्नो सम्पूर्ण पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रम रद्द गरेर आज नेपाल फर्किनु हुने भएको छ’ सो भ्रमण टोलीमा रहेका राजेश राईले भने, ‘आजै छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किनु हुनेछ। यसपछिको सम्पूर्ण कार्यक्रम रद्द भएको छ।’

उनका अनुसार टिकट पाएको अवस्थामा भ्रमण दलको सबै सदस्य पनि फर्किने निर्णयसमेत भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *