सुवास नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय लगियो
काठमाडौं। एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको शव त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ ।
नेम्वाङको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि तुल्सीलाल स्मृति हल एमाले केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राख्न लागिएको हो।
इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो।
उनका दुई छोरा विदेशबाट आएपछि बुधबार अन्त्येष्टि गरिने तयारी गरिएको छ।














No ads found for this position
प्रतिक्रिया


Facebook Comment