प्रतिष्ठित टाइम म्यागजिनको ‘१०० नेक्स्ट’को सूचीमा मेयर बालेन शाह

डिसी नेपाल
२८ भदौ २०८० १०:३०
76
Shares

काठमाडौं । बेलायतको प्रतिष्ठित टाइम म्यागजिनले आफ्नो क्षेत्रमा कुशल नेतृत्व गरेर भविष्यमा आफ्नो क्षेत्रमा आफूल परिवर्तन ल्याउन सक्ने विश्वभरका १०० जना अगुवाहरुको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई स्थान दिएको छ ।

टाइम म्यागजिनले पहिलेदेखि नै ‘टाइम वर्ष व्यक्ति’ र ‘१०० प्रभावशाली व्यक्ति’को सूची पनि सार्वजनिक गर्दै आएको छ । ४ वर्षअघि सन् २०१९ देखि यो म्यागजिनले ‘१०० नेक्स्ट’ सूची सार्वजनिक गर्न थालेको हो । ‘१०० नेक्स्ट’ मा विभिन्न क्षेत्रमा भर्खरै सक्रिय हुँदै गरेका तर आफ्नो कामले भविष्यमा आफ्नो क्षेत्रमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्ने क्षमता भएका नेर्तत्वदायी भूमिकामा रहेका व्यक्तिहरुलाई समावेश गरिन्छ ।

मेयर बालेन शाहलाई १०० नेक्स्टमा समावेश गर्नुको कारणबारे प्रस्ट पार्दै टाइम म्यागजिनले बालेन शाह स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार भएपछि देशभरमा ३८५ स्वतन्त्र उम्मेदवारले स्थापित राजनीतिज्ञलाई निर्वाचनमा पराजित गर्ने आधार तय गरेको लेखेको छ ।

म्यागजिनले लेखेको छ ‘२०१५ को विनाशकारी भूकम्पबाट गुज्रिरहेको सहरमा शाहका चुनाबी अभियानका प्रतिबद्धताहरू सरल थिए तर अत्यन्त आवश्यक समाधानहरू प्रस्ताव गरियो – राम्रो फोहोर विसर्जन र सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र शहरी विकासको साथसाथै सांस्कृतिक सम्पदाको संरक्षण ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *