आज काठमाडौंमा राप्रपा नेपालले प्रदर्शन गर्ने
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज बिरोध प्रदर्शन गर्दैछन्। भर्खरै संबैधानिक राजतन्त्रको अजेन्डामा फर्किएको कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।
संबैधानिक राजतन्त्रको पुर्नस्थापना, हिन्दु राष्ट्रको माग र संघियताको खारेजी तथा भ्रष्टचारको बिरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
उनका अनुसार भदौं २९ गते दिउँसो १ बने भद्रकालीबाट प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा आएर बिरोधसभामा परिणत हुनेछ। उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment