सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माको नाम सर्वसम्मत
काठमाडौं। सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ। आज बसेको संसदीय सुनुवाइ विशेष समितिले शर्माको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको हो।
समितिले दिएको समयापधिमा कुनैपनि उजुरी नपरेपछि आज बसेको समितिको बैठकले उनको सिधै सुनुवाइ गरेको हो।
अनुमोदन भएसँगै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताएका छन्।
शुक्रबार सिंहदरवारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो भावी योजना प्रस्तुत गर्ने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रस्तावित न्यायाधीश शर्माले न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने बताए। समितिबाट अनुमोदित भएका शर्मालाई अब राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment