न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस

डिसी नेपाल
२९ भदौ २०८० १६:४४
48
Shares

काठमाडौं ।  शुक्रबार बसेको न्यायपरिषदको बैठकले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको छ ।

न्यायाधीशमा सिफारिस हुनेहरुमा श्यामकुमार भट्टराई,  राधाकृष्ण उप्रेती, हरिश्चन्द्र ढुंगाना, धनसिं महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली, राजुकुमार खतिवडा, योगेन्द्र प्रसाद साह, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला, स्वीकृति पराजुली, काजी बहादुर राई, रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी, विनोदकुमार पोखरेल, नारायणप्रसाद रेग्मी, सुशील कोइराला,  अच्युतमकुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर र अर्जुन महर्जन छन् ।

न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार न्यायपरिषद्ले सिफारिस गरेका उनीहरु प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि न्यायाधीश हुनेछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *