नेपालको शान्तिप्रक्रिया टुंग्याउन अन्तर्राष्ट्रिय समूदायसंग अपिल गर्छुः प्रधानमन्त्री दाहाल

डिसी नेपाल
३० भदौ २०८० ११:१६
32
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको शान्तिप्रक्रिया टुंग्याउनका लागि अन्तर्राष्ट्रिय समूदायसंग अपिल गर्ने बताएका छन्।

शनिबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित पोष्ट बहादुर बोगटीको नर्वौ स्मृति कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई टुंग्याएर सफल उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै यसका लागि अन्तराष्ट्रिय समूदायसंग अपिल गर्ने बताएका हुन्।

त्यस्तै जलवायु परिवर्तनले नेपाल जस्तो पर्वतीय मुलुकमा पारेको असरप्रति पनि अन्तराष्ट्रिय समूदायको ध्यानाकर्षण गराइने उनले बताए।

प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा दुई पक्षीत हित लगाएत भौतिक पूर्वाधार , ऊर्जा क्षेत्र नयाँ नाका खोल्ने, कृषि क्षेत्र र व्यापार घाटाका बिषयमा छलफल हुने र केहि बिषयमा सहमति र समझदारी बन्ने जिकिर गरे। आफ्नो भ्रमण राष्ट्रिय हितलाई केन्द्रमा राख्ने गरि नै हुने उनको भनाइ छ ।

त्यस्तै प्रचण्डले आफुले सरकारको नेतृत्व गरिरहदा सुशासन समृद्धि लगाएतमा नयाँ फड्को हान्नका लागि तयारी गरिरहेको पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.