ताइवानले एलन मस्कलाई भन्यो ‘हामी बिकाउ होइनौं…’

डिसी नेपाल
३० भदौ २०८० ११:३७
500
Shares

काठमाडौं । अर्बपति व्यापारी एलन मस्कको ‘ताइवान चीनको हिस्सा हो’ भन्ने भनाइपछि ताइवानले ‘हामी बिकाउ होइनौं’ भनेको छ।

ताइवानका विदेश मन्त्री जोसेफ वूले एलन मस्कको सोशल मिडिया प्लेटफर्म एक्समा भने, “सुन्नुहोस्! ताइवान चीनको हिस्सा होइन र यो पक्कै पनि बिकाउ होइन।”

यस हप्ता एक व्यापार सम्मेलनमा एलन मस्कले ताइवानलाई हवाईसँग तुलना गर्दै यसलाई चीनको ‘अभिन्न अंग’ भनेर वर्णन गरे।

चीनले ताइवान आफ्नो हिस्सा भएको दाबी गरेको छ । ताइवानको शक्ति त्यहाँका जनताको हातमा छ।

गत वर्षदेखि यस विषयमा चीन र ताइवानबीचको तनाव निरन्तर बढ्दै गएको छ।

केही दिनअघि चीनको वायुसेना र नौसेनाले ताइवान वरपरका क्षेत्रमा युद्धाभ्यास गरेका थिए।

यसलाई ताइवानमाथि दबाब बढाउने चीनको नियमित प्रयासको रूपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *