आकस्मिक बाहेकका स्वास्थ्य सेवा आज ठप्प हुने
काठमाडौं। आज देशैभरीका स्वास्थ्य संस्था बन्द हुने भएका छन्। देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुन लागेको हो।
हेटौंडामा चिकित्सक कुटिएपछि सोको बिरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो।
शनिबार जारी गरिएको विज्ञप्ति अनुसार मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्ध आन्दोलन थालिएको संघको भनाइ छ।
संघका अनुसार गत भदौ २७ गते डा. विकास थापा र डा प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले जनाएकाे छ।
सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको तर दोषी माथि अझै कारबाही नगरिएको भन्दै संघले आजको आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम गरेको हो।
संघले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडि सारेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment